MeroAawaj.com

May 28, 2008

आज पहिलो गणतन्त्र दिवस

Filed under: Uncategorized

यो ब्लग मैले पहिलो लोकतन्त्रको अवसर पारेर शुभारम्भ गरेकेा थिए । यसलाई निरन्तरता दिने मेरो प्रयास केहि विफल भएको छ । त्यही पनि मैले फेरी आज पहिलो गणतन्त्रको दिन पारेर शुरु गर्ने विचार गरेको छु । कति सकिन्छ प्रयास गर्ने छु ।

April 27, 2007

आफ्नै सुचना

Filed under: Uncategorized

तपाईलाई दु:ख दिने मन त होईन तर के गर्नु ब्लगको ठेगाना नै परिर्वतन भए पछि त बाध्य हुनु पर्ने रहेछ । अब देखि हजुरले यसलाई www.meroaawaj.com मा हेर्नुहोला ।

April 26, 2007

खै के हो कुन्नि……

फेरी मैले हिजो शाही शासनकाल अनि संकटकालको महशुस गरे । हिजो मात्र श्रीमान गम्भीर नेपाली प्रचण्ड …। पुरानो राष्टिय गान गाएर तानाशाह निलम्बीत राजालाई नेपाली सेना भनाउदो शाही नेपाली सेनाले सलामी दिएको थियो । दक्षिणकाली यात्रा गरेर खै … पुरा पढ्न त MeroAawaj.com मै जानुस् हैँ । अब दखि www.meroaawaj.com मा हेर्नुहोला ल !

April 24, 2007

आज पहिलो लोकतन्त्र दिवस र १९ दिने आन्दोलन

Filed under: Uncategorized

आज लोकतन्त्र दिवस र २०६२ ०६३को १९ दिने जनआन्दोलन आठ दलका नेतालाई राज्यमा मन्त्री देखि अन्य सुविधा बाँडभाडको लागि नेपाली जनता सडक संघर्षमा उत्रर आफ्नो ज्यानको आहुति दिएका होईन । आठ दलले कुनै पनि घमण्ड नगरे हुन्छ । १९ दिने जनआन्दोलनमा हाम्रो महत्वपूर्ण भूमिका छ भनेर कुनै पनि दिन देखिएन आठदलका शिर्ष नेताले आन्दोलनको नेतृत्व गरेर हिडेको । आन्दोलनमा त म पनि हिडेकेा थिए । तर देखिन । किन कि नेताहरुले आन्दोलनलाई नेतृत्व गरेनन् र त एक गोली पनि खाएन र सहादत पनि शिर्ष नेताहरुले प्राप्त गरेनन । गोली अश्रुग्याँस लाठी पानीको फोहोरा सबै सर्वसाधारण र युवा जमातले खाए र सहादत पनि तिनैले प्राप्त गरे । (more…)

April 23, 2007

ब्लगरहरुको जमघट

Filed under: Uncategorized

सनिवार थापाथलीमा ब्लगरहरुको चौथो भेला बसेको छ । सो भलामा नेपालमा ब्लगको सुरुवात यसको प्रभाव र ब्लगको भविक्ष्यको बारेमा चिन्तन मन्थन गरिएको थियो । भने ब्लगानलाई संस्थागत रुप दिने कि नदिने भन्ने बारेमा बडो राम्रो दोहोरी पनि चलेको थियो । यो दोहोरी यस भन्दा अघिका बैठकमा पनि नचलेको होईन रे । म भने पहिलो पटक भएकोले रमाईलो पनि लाग्यो । तर यस्तो कुरामा अल्झेको देखेर भने कता कता नेपालीको पहिचान दिएको जस्तो लागेको छ । तर अन्तमा आएर भने ब्लगानको स्वरुप कस्तो हुने त्यो रुपको रुपरेखा कोर्न केपी ढुंगानालाई जिम्मा दिई्र्रएको छ । आशा गरौ अर्को बैठकमा यो सबै कुरा टुंगो लाग्ने छ ।

बैठकमा उपस्थित ब्लगरहरु को को थिए हेर्नको लागि यहाँ थिच्नुहोस् है त । भिडियो हेर्नुहुन्छ भने यहाँ थिच्नुहोस्

[नोट: यो अनौपचारिक ब्लगपोष्ट हो । meroaawaj.com ले औपचारिक ब्लगपोष्ट भोलि अर्थात पहिलो लोकतन्त्र दिवसबाट शुरु गर्नेछ।]